Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : अमेरिकी सेना युक्रेन युद्धमा सामेल नहुने राष्ट्रपति बाइडेनको दाबी

एजेन्सी । अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने पुनः स्पष्ट पारेको छ ।

राष्ट्रपति जो बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने स्पष्ट पारेका हुन् ।

‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको भूमिको हामीले रक्षा गर्ने छौँ एकीकृत भएर, उनले भने, तर हामीले युक्रेनमा रुसविरुद्धको युद्ध लड्ने छैनौँ । नेटो र रुसबीच हुने प्रत्यक्ष युद्धले तेस्रो विश्व युद्ध सुरु हुन्छ ।’

बाइडेनले बारम्बार युक्रेनमा अमेरिकी सैनिक पठाउने विकल्प नरहेको बताएका छन् । उनको प्रशासनले पछिल्ला दिनमा रुसमाथि एकपछि अर्को कडा प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077