Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता, सहमति कार्यान्वयन र कार्यकर्ता रिहाबारे छलफल

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विप्लव र देउवाबी भेटवार्ता भएको हो ।

सो क्रममा सरकार र नेकपा बीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन र बन्दी नेता कार्यकर्ता रिहा वारे छलफल भएको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर छलफल भएको बताइएको छ ।

छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डे र नेकपाको तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077