Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूसले दियो सामाजिक सञ्जाल बन्द गरिदिने चेतावनी

एजेन्सी । रुसले विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी दिएको छ ।

रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि रुसले सञ्जाललाई बन्द गराउने चेतावनी दिएको हो ।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्ने रूसी अधिकारीले जानकारी दिए ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077