Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा राजपुरका सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरेसहित गाविसका तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह र अर्का खाता सञ्चालक शिवजी कामतीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ३ लाख २७ हजार ३४९ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

उनीहरुमाथि अख्तियार  ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गरिएको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077