Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टाचारविरुद्धको उजुरी छानबिनमा सहयोग नगर्ने परिपाटीको अन्त्य हुनुपर्छ: अख्तियार आयुक्त चन्द

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारविरुद्धको उजुरी छानबिनमा सहयोग नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन्।

आयोगको कार्यालय बर्दिबासले जलेश्वरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रममा बोल्दै आयुक्त चन्दले मानवले मावोचित कार्यमा सरिक नभएका कारण समाजमा भ्रष्टाचार, विकृति र विसंगती फस्टाएको टिप्पणी गर्दै यस्तो बताएका हुन्।

‘हामीले समाजमा खराब आचरण भएका व्यक्तिलाई खराब र असल आचरण भएका व्यक्तिलाई राम्रो नभनेसम्म यस्ता विकृति भइरहन्छ,’ चन्दले भने, ‘भ्रष्टाचार विरुद्ध परेको उजुरी छानबिनमा सहयोग नगर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’

यस्तै, आयुक्त चन्दले अख्तियार मात्रै नेपालमा नियमानुसार चल्ने पहिलो कार्यालय भएको दावी गरे ।अख्तियारको उपस्थितिका कारण भ्रष्टाचारमा ५० प्रतिशत कमी आएको चन्दको दावी छ।

यसैगरी, सरकारी कर्मचारीमा समयमा कार्यालय नजाने, काम नगर्ने शिक्षकहरु आफ्नै छोरा छोरी पढ्ने विद्यालयको रकम भ्रटाचार गर्न अग्रसर हुने जस्ता तमाम विकृति रहेको समेत आयुक्त चन्दले औँल्याए । यस्ता विकृति रोक्न अख्तियार अग्रसर रहेको चन्दको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077