Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : रुसले लगायो दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक

एजेन्सी । रुसले आफ्नो देशबाट हुने विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ ।

पश्चिमा देशहरूको आर्थिक प्रतिबन्धको प्रतिउत्तरमा रुसले यो वर्षको अन्तिमसम्म सामग्री निर्यातमा रोक लगाएको हो ।

रोक लगाइएका वस्तुमा दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठ जस्ता कुराहरू रहेका छन् ।

युक्रेनमा हमला गरेपछि यसअघि पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका थिए ।

रुसले दुई सयभन्दा बढी वस्तुमा लगाएको प्रतिबन्धले ईयूका सदस्य राष्ट्रहरू सहित अमेरिकालाई पनि प्रभाव पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077