Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ फागुन २७ गते शुक्रवारको राशिफल

काठमाडौं । आज २०७८ फागुन २७ गते शुक्रवारको राशिफल ।

मेष

आज कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ ।

मिथुन

आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

सिंह

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

तुला

नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

बृष

आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट

आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कन्या

आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

बृश्चिक

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

मकर

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

मीन

दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077