Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी र युक्रेनी विदशमन्त्रीबीच टर्कीमा वार्ता, युद्धविराम गराउन विफल

एजेन्सी । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता पनि निष्कर्षविहीन सकिएको छ ।

भेटमा युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले जनाएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए ।

लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे । युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए ।

कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077