Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा कीर्ते जमानी पत्र बनाउने बैंक प्रबन्धकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक जुम्लाको तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसहित अन्य तीन निर्माण व्यवसायीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले चौधरीसहित तीन निर्माण व्यवसायीविरूद्ध अन्य निर्माण व्यवसायीलाई फर्जी (कीर्ते) अग्रिम भुक्तानी जमानी पत्र बनाएर नवीकरण गरेको भन्दै बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा दाङको घोराहीस्थित साविक म.प. सडक डिभिजन कार्यालय नम्बर २ र बोलपत्रदाता वि.टि./टौदह/फस्कु जेभी बीच भएको ठेक्का सम्झौतामा गलत लिखत तयार गरी फर्जी अग्रिम जमानी पत्र बनाएको आरोपपत्रमा उल्लेख छ ।

उक्त निर्माण कम्पनी जेभीका सदस्यहरू बि.टि., निर्माण सेवा, उक्त कम्पनीका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र उक्त कम्पनीका तत्कालीन प्रोपराइटर अर्जुनबहादुर बूढाथोकी, टौदह कन्स्ट्रक्सन र जेभीका प्रतिनिधि पुन्नबहादुर शाही समेतलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरिएको आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077