Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको बाल अस्पतालमा रुसी आक्रमण, बालबालिका भग्नावशेषमुनि

एजेन्सी। रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित एउटा बाल अस्पताल ध्वस्त पारेको त्यहाँको नगर परिषद्ले जनाएको छ।

फेसबुकमा जारी गरिएको विज्ञप्तिमा अधिकारीहरूले हस्तक्षेपकारी रुसी फौजहरूले बाल अस्पतालमा कैयौँ बम खसालेको बताएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाका फुटेजसहित ट्वीट गर्दै त्यसलाई ‘सीधा हमला’ को सङ्ज्ञा दिएका छन्।

'बालबालिका भग्नावशेषमुनि छन्। बर्बरता! कहिलेसम्म विश्व यो आतङ्कलाई बेवास्ता गरेर सहयोगी बनिरहन्छ? '

अधिकारीहरूले हताहत हुने मानिसको स्पष्ट सङ्ख्या अझै थाहा नभएको बताएका छन्।

एक युक्रेनी सैन्य अधिकारीले घाइतेहरूलाई नजिकैको अर्को अस्पताल सारिएको बताएका छन्।

बीबीसीले त्यस्तो आरोपको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। तर एक स्थानीय सांसदले बीबीसीसँगको कुराकानीमा त्यस्तो दाबी दोहोऱ्याएका थिए।

त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा ‘हस्तक्षेप गर्न र हाल रुसी फौजको नाकाबन्दीमा रहेका झन्डै चार लाख मानिसहरूलाई सहायता दिन’ आह्वान गरेका थिए। -बिबिसी नेपाली

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077