Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतद्वारा दुई बर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला, काठमाडौंका उडानहरु बढ्ने

काठमाडौँ । छिमेकी मुलुक भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । यसअघि कोरोना भाइरस संक्रमणका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट समिति संख्याका उडानहरुको अनुमति मात्रै दिइएको थियो । आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो ।

एयर बबल अन्तर्गत भारतको विभिन्न ३५ वटा देशसँग तोकिएको निश्चित संख्यामा उडान हुँदै आएको छ । भारतले कोराना पहिलेकै अवस्थाको उडानलाई नियमति गर्ने भएपछि काठमाडौंका लागि उडानहरु बढ्ने छ ।

यसअघि कोरोनाकालमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडानको अनुमति पाएको थियो । तर कोरोनाका संक्रमण कम भएसँगै गत फेब्रुअरी १६ बाट भिस्तारा र इन्डिगोले पनि एयर बबल सम्झौता अन्तर्गतै काठमाडौं उडान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077