Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन-रुस युद्ध: सुमीमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु

एजेन्सी । युक्रेनको सुमी सहरमा भएको एउटा हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको विवरण आएको छ। मृतकमध्ये तीन बालबालिका छन्।

सुमीका प्रशासक दिमित्रो झिभित्सकीका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो । उनले त्यसलाई 'सामूहिक हत्या'को सङ्ज्ञा दिएका छन्।

उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बीबीसीले जनाएको छ।

एउटै घरमा नौ जनाको मृत्यु भयो। छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ।

रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएपछि सुमीबाट अहिेलसम्म ५,००० मानिसलाई अन्यत्र पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077