Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वेलायतसँग सहयोग माग्दै युक्रेनका राष्ट्रपतिले भने–रुसविरुद्ध जंगल, मैदान र समुद्रबाट आक्रमण जारी राख्छौं

    वेलायतसँग सहयोग माग्दै युक्रेनका राष्ट्रपतिले भने–रुसविरुद्ध जंगल, मैदान र समुद्रबाट आक्रमण जारी राख्छौं

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।

    बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् । सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए ।



    उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र युक्रेनमा मानवीय सहायता जारी राख्न आह्वान गरेका थिए । उनले रुसलाई आतंकवादी घोषणा गर्न आह्वान समेत गरेको अलजजिराले जनाएको छ ।



    युक्रेनका राष्ट्रपति जेलेन्सीकले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्नुपर्ने आफ्नो पुरानै मागलाई दोहोर्याएका थिए । तर यो माग नेटो सैनिकले हालससम्म मानिरहेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार