Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारको खरिद गरेको बस सार्वजनिक संस्थालाई दिने निर्णय

जनकपुर । मधेश प्रदेश सरकारले खरिद गरेको ५ वटा बस नचलाउने भएको छ । बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णयमा पुगेको हो ।

आज (मंगलबार) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077