Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपील

एजेन्सी । युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले अपील गरेका छन् ।

रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन मार्टिन ग्रिफिथ्सले आग्रह गरेका हुन् ।

न्यूयोर्कस्थित सुरक्षा परिषद्‌को आपत्कालीन बैठकमा ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।

हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे। राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077