Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन, छिट्टै वार्तामा जुट्न सहमत

एजेन्सी । रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता पनि विना निष्कर्ष सकिएको छ ।

गएराति दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको हो । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।

रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको जानकारी दिए ।

युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रियादिएका छन् । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् ।

रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077