काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण पाटन कार्यालयमा कार्यरत सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।
आयोगले सोमबार उदयपुर त्रिवेणी गाउँपालिका -९ घर भइ हाल नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा अन्तर्गत पाटन सब-स्टेशनमा कार्यरत पहाडीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पहाडीलाई गत पुष २९ गते बिहीबार प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट गएको टोलीले घुससहित पक्राउ गरेको थियो।
[insert page='109256' display='yopanipadhnuhos.php']
पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदाहुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग मागेको अनुसन्धानमा खुल्न आएको अख्तियारको दाबी छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले उनलाई बिगो बराबरको जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।