काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका -८ घर भइ काठमाडौँ महाराजगंज बस्ने ५३ बर्षीय रामएकवाल चौधरी रहेका छन्।
महाशाखाका अनुसार उक्त मुद्धामा चौधरीलाई २०७७ फुगुन २१ गते उच्च अदालत पाटनको फैसलाले आठ लाख ७५ हजार र ४ दिन कैद सजाय तोकेको थियो।
अदालतको फैसलापछि फरार रहेका चौधरीलाई महाशाखाबाट खटिएको टोलीले सोमबार लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।
Leave a Reply