Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना माग पूरा नभएसम्म युक्रेनमा सैन्य आक्रमण अन्त्य नगर्ने रुसको चेतावनी

एजेन्सी । आफ्ना माग पूरा नभएसम्म युक्रेनमा सैन्य आक्रमण अन्त्य नगर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार टेलिफोन वार्ता गर्दै पुटिनले ‘युक्रेनले रुसका माग पूरा गरेको खण्डमा मात्र सैन्य कारबाही अन्त्य हुने’ बताएका हुन् ।

पुटिनले ‘युक्रेनी वार्ताकारहरूले रचनात्मक कदम चाल्ने विश्वास लिएको बताएका’ रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । दुई देशका प्रतिनिधिबीच सोमबार वार्ता हुने जनाइएको छ ।

युक्रेनमा युद्धविरामका लागि आफूले पुटिनलाई आग्रह गरेको पनि एर्दोगानले जनाएका छन् । तर यस विषयमा पुटिनको प्रतिक्रियाबारे टर्कीको राष्ट्रपति कार्यालयले केही उल्लेख गरेको छैन ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्य हुने तयारी गरेपछि रुष्ट रुसले उसका मुख्य सहरहरूमा आक्रमण थालेको हो । युक्रेनमा ११ दिनदेखि रुसले आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077