Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर पर्ने चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका स्वास्थ्य संस्थाहरूमा रुसले आक्रमण गरिरहेको जनाएको छ ।

रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले दाबी गरेका हुन् ।

उनले आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर गर्ने चेतावनी समेत दिएका छन् ।

युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले पनि रुसी सेनाले युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षहरूमा गोलाबारी गरेको बताइन् ।

यसैबीच युक्रेनको मरिपोलमा रुसले फेरि युद्धविराम घोषणा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077