Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी (आईभीएफ़) सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ।

बिहीबार मन्त्रालयले एक सूचना जारी गर्दै इजाजत नलिई सञ्चालन भइरहेका टेष्टट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।

अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन सूचनामा भनिएको छ। तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077