Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा विदेश उड्न लागेका १६ जनालाई अध्यागमनले फर्काइदियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जान लागेका १६ जनालाई विमानस्थलबाटै फर्काइदिएको छ ।

अध्यागमन स्रोतका अनुसार विहीबार उनीहरु भारतहुँदै भिजिट भिसामा दुबई, साउदी अरेबिया र कतार जान लागेका थिए । श्रम स्वीकृतिसमेत नभएपछि ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइएको स्रोतले अनलाइन नेपाललाई बतायो।

उनीहरु भारत हुँदै विदेश जान लागेको पाइएपछि शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो’, अध्यागमन स्रोतले अनलाइन नेपालसँग भन्यो, ‘ उनीहरुको साथमा श्रम स्वीकृति पनि थिएन।’

अध्यागमनबाट फिर्ता हुनेहरुमा नवलपरासीका सन्तोष पराजुली, बर्दियाकी प्रमिला सुनार ,बाराका जानुका नेपाल पंगेनी, रुपन्देहीका अंकिता गुप्ता, तेह्रथुमका हेमबहादुर आले, रामेछापका कमल प्रसाद कँडेल, काठमाडौंका इभा कँडेल, साउदी हिँडेका सर्लाहीका जितेन्द्रप्रसाद कुश्वाहा, कपिलवस्तुका अतरजहा मुसलमान, कतार हिँडेका सम्झाना कार्की राई रहेका छन् ।

त्यस्तै दुबई हिँडेका रामेछापका गीता कँडेल, निशा कँडेल र पर्साका प्रज्ञा मैनालीले आफैँ जान इच्छुक नभएपछि फिर्ता पठाइएको अध्यागमन स्रोतले बतायो। मानव तस्करको सञ्जालमा परेको आशंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077