Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हट्यो

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा आजदेखि हटेको छ । वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।

गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो । निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077