Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेन-रुस युद्ध: भारतीयहरूलाई शहर छाड्न दूतावासको निर्देशन

    युक्रेन-रुस युद्ध: भारतीयहरूलाई शहर छाड्न दूतावासको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । युक्रेन र रुसबीच जारी युद्धका क्रममा भारत सरकारले एक ‘एडवाइजरी’ जारी गरेको छ । युक्रेनको खार्किभमा उपस्थित सबै भारतीयहरूले भारी गोलाबारीको बीचमा ‘तपाईंको सुरक्षा’को लागि तुरुन्तै सहर छाड्न निर्देशन दिइएको छ।

    बुधबार युक्रेनस्थित भारतीय दूतावासले खार्किभमा रहेका भारतीय नागरिकहरूलाई तत्काल एडवाइजरी गरेको हो । एडवाइजरीमा भनिएको छ कि खार्किभलाई तुरुन्तै त्याग्नुपर्छ, पिसोचिन, बेजलुडोभका र बेबेमा जति सक्दो चाँडो अगाडि बढ्नुपर्छ ।



    उनीहरुले आज साँझ ६ बजे (युक्रेनी समय) भित्र यी बस्तीमा पुग्नुपर्नेछ । अर्थात् भारतीय समय अनुसार आज राति साढे ९ बजेसम्म सबै भारतीयलाई सहर छाड्न भनिएको छ ।



    खर्किभमा यतिबेला रुसी सेनाले चरम हमला गरिरहेको छ । यस्तो अवस्थामा त्यहाँ फसेका सबै भारतीयको सुरक्षा सुनिश्चित गर्दै भारत सरकारले सबै भारतीय विद्यार्थी र अन्य नागरिकलाई खार्किव छोड्न सल्लाह दिएको छ । हालै खार्किभको सिटी काउन्सिल भवनमा भीषण आक्रमण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार