Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवल जाँदै गरेको बस नवलपुरमा दुर्घटना, १४ जना घाइते

नवलपुर । नवलपुरस्थित देवचुली नगरपालिका–१४ मा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुर स्रोतका अनुसार बुधबार बिहान नारायणगढदेखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न. बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077