Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रचण्डसँग 'फायर' भएका नारायणकाजीलाई भेट्न हात्तीवन पुगे विप्लव

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान श्रेष्ठलाई भेट्न महासचिव बिप्लव उनको निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँँग मतभेद बढेका बेला विप्लव श्रेष्ठलाई भेट्न पुगेका हुन् ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड हात्तीवन पुगेका थिए। भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाओ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077