Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी विमान अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनको तयारी

एजेन्सी । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनले संसदलाई गर्ने सम्बोधनको क्रममा प्रतिबन्धको घोषणा गर्ने बताइएको छ ।

गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । त्यसयता युरोपका धेरै राष्ट्रले आफ्नो हवाई क्षेत्रमा रुसी जहाजमाथि प्रतिबन्ध लगाएका छन् ।

अब अमेरिका पनि प्रतिबन्ध लगाउने देशको सूचिमा सामेल हुने भएको हो । क्यानडाले पनि आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाइसकेको छ ।

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077