Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनबाट सबै नेपाली नागरिकहरु बाहिरिए, ३०२ जना सुरक्षित गन्तव्यमा पुगे

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनबाट सबै नेपाली नागरिकहरु बाहिरिएका छन् । युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

हालसम्म युक्रेनमा नेपालीहरू सुरक्षित रहेको राजधानी केभका सबै नेपालीले युक्रेन छोडेको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए ।

रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै राजदूत खड्काले युक्रेनमा रहेका नेपालीहरू पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा सकुशल पुगेको जानकारी दिए ।

समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077