Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलीफोन संवाद, युक्रेन संकटबारे छलफल

काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएपछि विदेशमन्त्री ब्लिन्कन र देउवाबीच मंगलबार राति टेलीफोन संवाद भएको हो । आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्। ‘रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भयो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077