Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७५ प्रतिशत रुसी सेना अहिले युक्रेनमा रहेको दाबी

एजेन्सी । रुसको ७५ प्रतिशत सेना अहिले युक्रेनमा रहेको सैन्य विज्ञले दाबी गरेका छन् । विवाद बढ्दै गएपछि रुसले युक्रेनमा आफ्नो सेनाको संख्या बढाएको हो ।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ल्याण्ड वारफेयर र मिलिटरी साइन्सेसका अनुसन्धानकर्ता ज्याक वाटलिङले रुसको ७५ प्रतिशत सेना अहिले युक्रेनमा रहेको दाबी गरेका हुन् ।

एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले पनि यो संख्या उल्लेख गरेका छन् । ठूलो संख्यामा रुसी सेना बेलारुसबाट दक्षिणतर्फ सर्दै किएभमा आक्रमण गर्ने तयारी गरिरहेको उनले बताए ।

किएभतर्फ रुसी बख्तरबन्द गाडीको लामो लस्कर अघि बढिरहका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077