Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता संसदबाट पारित गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ मोर्चाले आन्दोलन घोषणा गरेका छन् ।

एमसिसी पास भएको फागुन १५ लाई कालो दिन भन्दै उनीहरूले फागुन २० देखि चैत ६ सम्म आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनको कार्यक्रमहरू विरोध प्रदर्शन र सभा केन्द्रित छन् ।

मङ्गलवार बसेको सात दलको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रघाती गरेको सातै दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विप्लव समूहको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेपाल कम्युनिस्ट पार्टी माओवादी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेलको देशभक्त जन गणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतिको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकीको नेकपा माओवादी-समाजवादीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077