Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा उभियो नेपाल

    राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा उभियो नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा उभिएको छ ।

    सोमबार जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।



    परिषद सदस्य रहेको रूसका प्रतिनिधिले भने यस्तो छलफल जरूरी नरहेको बताएका थिए । दुई पक्षको विवादले बैठक केहीबेर रोकिएको थियो ।



    विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो। मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । युक्रेनको प्रस्तावको पक्षमा २९ मत आएको थियो भने १३ देश अनुपस्थित भएका थिए भने ५ मुलुकले विपक्षमा भोट हालेका थिए ।

    भारत मतदानमा अनुपस्थित भएको थियो भने चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान गरेको थियो। परिषदमा ४७ मुलुक सदस्य छन् । बहुमतले पारित भएसँगै युक्रेनको प्रस्तावमा बिहीबारदेखि छलफल सुरू हुने भएको छ। भारत र चीन भने रुसले गरेको आक्रमणको विषयमा राष्ट्र संघका अन्य फोरमहरुमा समेत तटस्थ भूमिका खेल्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार