Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी आक्रमणबाट युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी । रुसी आक्रमणका कारण युक्रेनमा एकजना भारतीय विद्यार्थीको ज्यान गएको दावी गरिएको छ । भारतका विदेशमन्त्रीले खार्किभमा भएको हमलामा परि मङ्गलवार बिहान एकजना भारतीय विद्यार्थीको ज्यान गएको जानकारी दिए ।

सोमवार त्यहाँ भएका रुसी बमबारीमा दर्जनौँ गैरसैनिकको समेत ज्यान गएको बताइएको थियो । रुसी आक्रमणका कारण युक्रेन भरि गैरसैनिकहरूको ज्यान गइरहेको बताइएको छ ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा २० जना मानिस घाइते भएको आपतकालीन अधिकारीहरूले बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077