Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चीनद्वारा युक्रेन–रुस वार्ताको स्वागत

    चीनद्वारा युक्रेन–रुस वार्ताको स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1K
    SHARES

    एजेन्सी । चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको जनाएको छ ।

    रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच हिजो सोमवार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।



    ‘हामीले नोट गरेका छौँ, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’, उनले भने ।



    चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार