Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू हट्यो, अनिश्चितकालीन निषेधाज्ञा जारी

    सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू हट्यो, अनिश्चितकालीन निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । सोमबार रातिबाट लगाइएको कर्फ्यू मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

    एमसीसीको विरोधमा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजो सवा ८ देखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।



    उनले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताए । एमसीसीको विरोधमा हिजो प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । उनका अनुसार वीरेन्द्रनगरमा प्रदर्शन बढी भएका र संवेदनशील क्षेत्रहरुमा भने निषेधाज्ञा जारी गरिएको छ ।



    वीरेन्द्रनगरका यरीचोक, मंगलगढी चोक र हटियालाइन क्षेत्रमा मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो । यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार