Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेन युद्धको बहानामा फेरि खाने तेलको मूल्यवृद्धि, नियमनकारी निकाय मौन

    युक्रेन युद्धको बहानामा फेरि खाने तेलको मूल्यवृद्धि, नियमनकारी निकाय मौन

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुलुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो ।

    नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेका छन् । अहिले बजारमा खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।



    सङ्घका महासचिव अमुल तुलाधरले पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको दाबी गरे ।



    उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने भन्दै उनले युक्रेनको युुद्ध सुरु हुनेवित्तिकै बहाना बनाएर खाने तेल र अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि गरिसकेको बताए ।

    “सरकारको नियमनकारी निकाय युक्रेनको युद्ध सुुरु हुनेवित्तिकै उद्योगीले खाने तेलको मूल्य बढ्दासमेत चुपचाप बस्नुु कति जायज हो ?” उनले प्रश्न गरे । सङ्घका अनुसार केही समयअघि मात्र खाने तेलको मूल्य प्रतिलिटर ४० रुपियाँसम्म बढेको थियो । फेरि युक्रेनमा युद्धको असर भन्दै पुनः मूल्य बढाउन थालेका हुन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार