Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको पुनः आग्रह

काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान पुनः आग्रह गरेको छ ।

राजधानी किएभमा कर्फ्यु खुकुलो भएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियाको सीमा क्षेत्रमा जान पुनः आग्रह गरेको हो ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित ठाउँमा आउन यो उपयुक्त मौका रहेको पनि नेपाली दूतावासले विज्ञप्ति निकालेर जनाएको छ ।

केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न साथै गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँग फोन सम्पर्क गर्न टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077