Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : रुसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाले लगायो प्रतिबन्ध

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ ।

त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ ।

यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077