Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेत तनावग्रस्त : कांग्रेस–एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी, मंगलबार साँझसम्म कर्फ्यू

सुर्खेत । अमेरिकी सहायता एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनावग्रस्त बनेको छ । बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका छन् ।

प्रहरी र बन्दकर्ताहरूबीच झडपसमेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् भने माओवादी केन्द्र पार्टी कार्यालय पनि तोडफोड गर्ने प्रयास गरेका छन् । यसैबीच प्रहरीले केही बन्दकर्ताहरूलाई पक्राउ गरेको छ ।

बन्दकर्ताहरूले ठाउँ–ठाउँमा विरोध गर्नुका साथै प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । यसैबीच प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077