Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमका युवाको प्रधानमन्त्री देउवालाई प्रश्न-'महाकाली सम्झौताले जनताले के पाए ?'

कैलाली । सरकारले आइतबार संसदबाट एमसीसी अनुमोदन गरेपछि सुदूरपश्चिमका युवाहरु आन्दोलित भएका छन् । सोमबार एमसीसीविरुद्ध सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी युवाहरुले प्रदर्शनसहित धर्ना दिएका हुन् ।

उनीहरुले सरकारले गरेका महाकाली र कोसी सम्झौताले जनताले दु:ख मात्रै पाएको स्मरण गदै एमसीसी सम्झौता पनि त्यस्तै राष्ट्रघाति भएको आरोप लगाएका छन् ।

महाकाली सम्झौताले गर्दा कञ्चनपुरका कति जनताले दुख भोग्नु परेको छ ? थाहा छ । भनी प्रश्न गर्दै उनीहरूले, कोसी सम्झौता गर्दा खेरी पनि शेरबहादुर देउवाले त्यस्तै राष्ट्रिय हितकै सम्झौता भनेको र अहिले एमसीसीलाई पनि त्यही भनिएको छ । मान्ने आधार के, किन्न मान्ने भन्दै उनीहरुले प्रश्न माथि प्रश्न गरेका छन् ।

भिख मागेर रङ्गशाला बनिरहेको छैन । यहाँ देश बन्ने, चल्ने कुरा टाढाको भएको युवाहरूको भनाई थियो । सबै सांसदहरूले अमेरिकी साम्राज्यवादलाई बढवा दिएको बताउँदै खोक्रो राष्ट्रवाद देखाएको आरोप युवाहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077