Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पल-समीक्षा प्रकरणमा ज्योति मगरको टिप्पणी: पहिले मायाजाल अहिले महाजाल, बलात्कार त हुँदै होइन

काठमाडौँ । गायिका ज्योति मगरले पल शाहको जबरजस्ती करणी प्रकरणमा टिप्पणी गरेकी छन् । उनले नाबालिग गायिकामाथि अभिनेता पलले बलात्कार नगरेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेकी हुन् ।

ज्योतिले लेखेकी छन्, ‘हाम्रो संस्कारमा छोरी मान्छे १५/१६ बर्षको हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ, जसअनुरुप पुरुषहरु अझै यहि सोच्छन कि १५/१६ बर्षमा शारीरिक तथा मानसिक रुपमा यौन सम्पर्क र प्रेमलापको लागि योग्य हुन्छन् । सायद त्यस्कै परिणाम हो (पल र समीक्षा )… बलत्कार त हुँदै होइन ।'

यस्तै ज्योतिले अगाडि लेखेकी छन्, '‘सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल … पललाई बर्बाद गर्न लागि पर्नुभएका महानुभावहरुले
समीक्षा लाई नि बर्बाद गर्दिए …’

कानूनलाई गलत प्रयोग गर्नेहरुका कारण साँच्चिकै पीडितहरूले न्याय नपाएको ज्योतिको तर्क छ । उनले पूर्व सभामुख कृष्ण बहादुर महराको काण्डमा पनि महिलाको दोष देखाएकी छन् ।

‘रोशनी जीले सरकारी पद नपाउँदा कृष्ण महराजी जेल, १८ बर्ष नपुगेकोले समीक्षा जीलाई बिहे गर्न नमान्दा पल शाह जेल…’ यद्यपि आफू पल र गायिका दुवैदुवैको पक्षमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077