Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको राजधानी किएभमा पुनः गोलाबारी सुरु, 'अबको २४ घण्टा निकै महत्वपूर्ण'

एजेन्सी । युक्रेनको राष्ट्रिय समाचार संस्थाले राजधानी किएभ र खार्किभमा पुनः गोलाबारी सुरु भएको जनाएको छ।

युक्रेनको 'स्पेसल सर्भिस'लाई उद्धृत गर्दै युक्रेनी राजधानीमा कैयौँ घण्टाको शान्तिपश्चात् किएभ र खार्किभमा विस्फोटनको आवाज सुनिएको उक्रीनफोर्मले बताएको हो।

यसैबीच, खतराको सूचना दिने घण्टी युक्रेनको उत्तरी सहर चर्नीभमा सुनिएको छ। यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशकोलागि अबको २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन्।

युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा जेलेन्स्कीलेअबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका हुन्।

यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे। युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन्।

दुवै नेताले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका छन्। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077