Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेवाग्राहीसँग ५ लाख घुस माग्ने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर २ लाख ५० हजार घुस रकमसहित पक्राउ

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल २ लाख ५० हजार पक्राउ परेका छन् ।

पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख घुस मागेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीद्वारा उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटेको टोलिले मेयर पटेललाई २ लाख ५० हजार रुपैयाँका चेकसहित मेयर आज पक्राउ गरेको हो । उनीहरु सेवाग्राहीबाट चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित नगर प्रमुखकै कार्यकक्षबाट पक्राउ परेको आयोगले जनाएको छ ।

डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले मेयर पटेललाई उनकै कक्षबाटै रङ्गे हात पक्राउ गरेको आयोगले जनाएको छ।

आयोगको टोलीले नगर प्रमुख पटेलसहित उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल र सह–लेखापाल प्रदिप कुमार यादवलाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077