Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै, प्रमुख दल आन्तरिक छलफलमा जुटे

काठमाडौं । एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

एमसीसीलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक अहिले खुमलटारमा जारी छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि संस्थागत निर्णय लिन बैठक आह्वान गरेको छ । भने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छन् ।

बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077