Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना, रुसका प्रमुख बैंकलाई स्वीफ्ट प्रणालीमा प्रतिबन्ध

एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएर आक्रमण गरिरहेको हो ।

पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।

यस्तै पछिल्लोपटक पश्चिमा देशहरुले रुसका प्रमुख बैंकलाई स्वीफ्ट प्रणालीबाट हटाउने घोषणा गरेका छन् । स्वीफ्ट बैंकिङ सञ्चार प्रणाली हो ।

यसले पैसा ट्रान्सफर सहज बनाउने गरेको छ । स्वीफ्ट प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउँदा भ्लादिमिर पुटिनमाथि गम्भीर दबाब हुने आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077