Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमसीसीबारे ‘निर्णायक’ छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

    एमसीसीबारे ‘निर्णायक’ छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । संसद् बैठक बस्नुअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे एमसीसीबारे धारण बनाउन बैठक बस्न लागेको हो ।

    माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएका छन् । एमसीसी सम्झौता टेबल भएपछि प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।



    सरकारको नेतृत्व गरिरहेको कांग्रेसले निरन्तर रुपमा प्रतिपक्षसँग संवाद अगाडि बढाएसँगै एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउने निष्कर्षमा पुगेका हुन् ।



    एमसीसी संसद्मा पेस भएसँगै सत्ता गठबन्ध नै संकटमा परेको भन्दै सत्ता गठबन्धन जोगाउने र एमसीसी पनि पारित गर्ने गृहकार्य तीव्र भएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार