Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल जारी

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा वार्ता जारी रहेको छ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।

तीन नेताबीच अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताको बाँकी संसदीय प्रक्रियाका विषयमा छलफल भइरहेको बताइएको छ ।

एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुनः एक पटक छलफलमा जुटेका छन् ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमा भएको वार्ता विना निष्कर्ष सकिएको छ ।
बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077