Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र एमालेबीच 'निर्णायक वार्ता' आज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबीच बीच आज (शनिबार) पनि छलफल हुने भएको छ । हिजो रातिको वार्ता सकारात्मक भएको र आजपनि छलफल हुन लागेको हो ।

तर स्थान र समय भने निर्धारण गरिएको छैन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवा छलफल सकारात्मक भएको र वार्ता शनिबार पनि हुने जनाएका जानकारी दिए ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।

बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव ज्ञवाली बताए ।

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर शुक्रबार बेलुकी ओलीको निजी निवास बालकोट पुगेका थिए।

सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077