Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सबैको सहमतिमा एमसीसी अनुमोदन गरौँ : देउवा, संसदमा उपस्थित हुने वातावरण बनाउन ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार राति ओली निवास बालकोटमा भएको दुई पक्षबीचको आजको वार्तामा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई यस्तो प्रस्ताव राखेका हुन् । जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

ओलीले सभामुखलाई हटाउने वा पार्टीले कारबाही गरिसकेका एकीकृत समाजवादी पार्टीका १४ सांसदलाई हटाउनुपर्ने यसअघिकै अडान राखेका थिए । सो माग पुरा नहुँदासम्म संसद सुचारु हुन नसक्ने ओलीको भनाइ थियो ।

पहिला संसदमा प्रवेश गर्ने वातावरण हुनुपर्ने ओलीले धारणा राखेको मन्त्री कार्कीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले शीर्ष दलका नेतासँग भेटघाट तथा छलफल तीव्र पारेका छन् ।

देउवा र ओली सहितका नेताहरूबीच भोलि पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077