Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन टुंगियो

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक सकिएको छ । ओली निवास बालकोटमा भएको दुई पक्षबीचको आजको वार्ता पनि निष्कर्षविहीन सकिएको हो ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बाँकी संसदीय प्रक्रियाका सन्दर्भमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरु ओली निवास बालकोट पुगेका थिए ।

बालकोटमा पनि ओलीले पुरानै अडान दोहोर्‍याएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले शीर्ष दलका नेतासँग भेटघाट तथा छलफल तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077